
काठमाडौं । नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’ को १८ औं संस्करणका उत्कृष्ट १० प्रतियोगी घोषणा भएका छन्। आफूलाई ‘अर्थर गन’ नामले चिनाउने दिवेशले टप १० मा पुग्नको लागि ‘कन्ट्री रोड’ गीत गाएका थिए ।
उनले सोमबार बिहान इन्स्टाग्राममार्फत् टम १० मा पर्नुको खुशी व्यक्त गरेका छन्। लेखेका छन्, ‘हामी उत्कृष्ट १० मा पर्यौं। सुरुवातदेखिको साथका लागि धन्य छु। विश्वभरबाट पाएको मायाका लागि कति खुशी भन्ने कुरा शब्दमा व्याख्या गर्न सक्दिँन।’
शो को सुरुवात देखि नै जर्जहरुको नजरमा परेका दिवेशको सबै जर्जले खुलेर प्रशंसा गरेका थिए । अमेरिकन आइडलको आधिकारिक फेसबुक पेजमार्फत् पनि उनको गायनको तारिफ गर्दै लेखिएको छ, ‘अर्थर गनले गाएरै हामीलाई कुनै कन्ट्री रोडसम्म पुर्याए।’