काठमाडौं । भारतमा कोरोना भाइरसको कारण एकै दिन ३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनसार पछिल्लो २४ घण्टामा मुम्बई, पटना र गुजरातमा एक / एक जना कोरोना संक्रमितको मृत्यु भएकाे हाे । भारतमा हालसम्म ७ जना कोरोना संक्रमीतको मृत्यु भइसकेकाे छ ।
शनिबार राती मुम्बई र बिहारमा एक / एक जना कोरोना संक्रमीतको ज्यान गएको थियो भने आइतबार दिउसो गुजरातका एक कोरोना संक्रमितको ज्यान गएको हो । कोरोनाको संक्रमण भारतमा गत जनवरीको अन्तिम साता ३ जनामा कोरोनाको संक्रमण देखिएको थियो । कोरोना देखिएको २ महिना अर्थात ११ मार्चमा कर्नाटकमा एक संक्रमीतको ज्यान गएको थियो । आइतबारसम्म भारतमा ३४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ ।




