रियल म्याड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना संक्रमणबाट निधन भएको छ । गाेलडटकममा अनुसार ७६ वर्षका सान्जलाई कोरोनाभाइरससँग मिल्ने लक्षण देखिएपछि बुधबा अस्पतालमा भर्ना गरिएको थियो ।
लोरेन्जोका छोरा फर्नांडो सान्जले ट्विटरमा बाबुको मृत्यु पुष्टि गर्दै लेखेका छन्, ‘मेरो बुबा भर्खरै बित्नुभयो। उहाँ यस्तो अन्त्यका लायक हुनुहुन्न’ फर्नान्डो सान्जले ट्विटरमा लेखे, ‘ मैले देखेकाे व्यक्तिहरूमध्ये दयालु, बहादुर, र मेहनती हुन् ‘
लोरेन्जोले सन् १९९५ देखि २००० सम्म ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनको कार्यकालमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो । रियल मड्रिडले आफ्ना पूर्व अध्यक्षको निधनमा दुख व्यक्त गरेको छ ।




