दोलखा । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । दोलखा भीमसेनको मुर्तिमा पसिना आउनुलाई अनिष्टको संकेतका रूपमा लिइन्छ । भीमसेनको मुर्तिमा पसिना आएपछि क्षमा पूजा गर्न सुरु गरिएको छ । भीमसेनको मुर्तिमा आज विहान साढे ६ बजेदेखि ७ बजेर २५ मिनेटसम्म पसिना आएको बताईएको छ । मूर्तिमा पसिना आएपछि मन्दिरका पूजारीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई खबर गरेका थिए । दोलखा भीमसेनको मुर्तिमा पसिना आएको छ महिना भित्र मुलुकमा अनिष्ट हुने जनबिस्वास रही आएको छ ।
सम्बन्धित समाचार
२९ भाद्र १३:००
२७ भाद्र ११:३४
२ आश्विन १२:४५
१ आश्विन १८:१३
२ आश्विन १६:२०
२ आश्विन १७:५३
२ आश्विन १७:१६
२७ भाद्र ११:४३




