ताजा समाचार

 गगनले गरे भ्रमण वर्षको अवसरमा सरसफाइ   

काठमाडौँ।नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको अगुवाइमा आज रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफैँ जुट्नुपर्दछ भन्ने सन्देश दिँदै थापले उक्त सडकखण्डमा रहेका व्यापारीलाई समेत सरसफाइमा सहभागी गराएका थिए ।

थापले २० लाख पर्यटन भित्र्याउने उद्देश्यले आजदेखि भ्रमण वर्ष शुरु गरिएकाले आफ्नो टोल, घर अगाडि सफा राख्नका लागि सरसफाइ गरिएको बताए । काठमाडौँको धुलो, धुवाँ र फोहर देखेर पर्यटकले नकारात्मक धारणा बनाउने भन्दै भ्रमण वर्षलाई सफल बनाउन आफ्नो घर, टोल, पसल अगाडि सरसफाइ राख्नु आवश्यक रहेको बताउए ।

नेता थापाले भने फोहर व्यवस्थापन गर्न सरकारको मात्र मुख ताक्न नहुने भन्दै हामी आफैले फोहर नफाल्ने भनेर सङ्कल्प गर्यौँ भने मात्र काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिनेछ । उनले सो सडकखण्डमा पर्ने व्यापारीलाई कुचाे डस्टबिन दिएर आफैँसँगै सरसफाइमा सहभागी गराए । नेता थापा सोही टोलमा बस्छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *