देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा प्रतिनिधिसभाका सभामुख पदका लागि सत्तारुढ दलभित्र देखिएको विवादले प्रथामिकता पाएको छ ।
सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारुढ नेकपाका दुई अध्यक्षबीचको खिचातानीले प्रतिनिधिसभा बन्धक जस्तै बनेको आजको कान्तिपुर दैनिकमा खबर छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकल दाहालले नयाँ सभामुखका लागि उम्मेदवार चयन गर्न नसक्दा संसद् बैठक सरिरहेको छ ।
नागरिकले गुटगत स्वार्थका कारण कांग्रेसमा कलह बढेको लेखेको छ भने गोरखापत्रले भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्न पत्राचार गरिएको समाचार छापेको छ । भने भ्रमण वर्षको भव्य तयारीको बारेमा पनि पहिलोपृष्ठमा खबर छ ।
नेपाल समाचारपत्र दैनिकले पनि भ्रमण वर्षकै बारेमा मुख्य समाचार बनाएको छ भने अन्नपूर्ण पोष्ट दैनिकमा उखुमा उद्योगीको सिन्डिकेट शीर्षकमा समाचार छ । त्रिभुवा विश्वविद्यालयमा राजनैतिक नियुक्ति दिने क्रममा पूर्व एमालेलाइ इन पुर्व माअाेवादी अाउट शिर्षकमा खबर छ ।
निजी क्षेत्रको मनोमानीका कारण उखु किसान थप मर्कामा परेका छन्। निजी चिनी उद्योगीले किसानलाई लामो समयदेखि उखुको भुक्तानी दिएका छैनन्। सरकारी स्वामित्वको वीरगन्ज चिनी उद्योग र लुम्बिनी चिनी उद्योग बन्द भएपछि उखुमा निजी क्षेत्रले ‘सिन्डिकेट’ कायम गरेका हुन्। सिन्डिकेटकै कारण किसानले उधारोमा उखु बिक्री गर्न बाध्य छन्। भुक्तानी नपाएपछि उखु किसान राजधानीमा आन्दोलित छन्।




