वातावरणीय प्रदुषण न्यूनिकरणको सन्देश फैलाउने उद्देश्य सहित काठमाडौँबाट हिमाल पारिको जिल्ला मुस्ताङसम्मको ‘इको’ साइकल यात्रामा सहभागी भएर फर्कने क्रममा म्याग्दी आइपुगेका भिक्षु/भिक्षुणीको टोली । तस्बिरः कमल खत्री/रासस
नुवाकोटको किस्पाङ गाँउपालिका–४ निवासी दुई तामाङ वृद्धा आपसमा कुराकानी गर्दै । आफ्नो उमेर असी वर्ष कटेको उहाँहरुले बताउनुभयो । जिल्लाकै विकट वस्तीको रुपमा रहेको किस्पाङ गाँउपालिका–४मा तामाङ समुदायको बाहुल्यता रहेको छ । तस्बिर : रामहरि न्यौपाने, राससमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित कागबेनीमा औँसी तिथि पारेर मङ्गलबार बिहान दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न लागेका भक्तजनहरुको घुइँचो । मृत्यु तिथि नखुलेका आफन्तको नाममा कागबेनीमा चैत कृष्ण औँसी र सोह्र श्राद्धको समयमा पिण्ड दान गरेमा उनिहरुले मुक्ती पाउने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ । तस्बिरः सन्तोष गौतम/राससमदनभण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको गाईघाट सडक खण्डको दायाँबायाँ रहेका सालको रूख । तस्बिर : रत्न श्रेष्ठ/राससमहोत्तरीको बर्दिबासमा जारी चौथो बर्दिबास महोत्सवमा माटोका भाँडा बनाउँदै रामनगर-१का रविन्द्र पण्डित कुम्हाल । तस्बिरः गोपालप्रसाद बराल/रासससोमबार बिहानदेखि परेको वर्षाका कारण वीरेन्द्रनगरको मुख्य बजारमा सडकको दुरावस्था। पानीको निकास नभएपछि बाटोमा पानी जम्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । तस्बिरः सुरेश आचार्यर/राससजुनिचाँदे गाउँपालिका–१ चैयास्थित गाउँमा लगाएको गहुँबाली । यहाँ सिँचाइ सुविधा नभएकाले आकाशे पानीको भरमा लगाएको गहुँबाली हिउदे वर्षाको पखाइमा रहेको छ । तस्बिर : हेमन्त केसी/राससराष्ट्रपति रामचन्द्र पौडेललाई मङ्गलबार राष्ट्रपति भवन शीतल निवासमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष मधु आचार्यलगायत सम्मानपत्र प्रदानपश्चात् सामूहिक तस्बिरमा । सौजन्य तस्बिर : राष्ट्रपतिको निजी सचिवलयप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार गोरखाको पन्थडिही–कटहरे–हर्मी–साहिलटारको २० किलोमिटर सडक निर्माणको शिलान्यास गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/राससतारकेश्वर नगरपालिका– ५ गोल्ढुङ्गाका कृषक सुदन गौतम च्याउको हेरचाह गर्दै । उहाँ तीन वर्ष विदेशमा रोजगारी गरेर नेपाल फर्केर श्री बङ्लामुखी च्याउ तथा मिश्रित तरकारी फाम सञ्चालन गरेर ९ रोपनी जग्गामा व्यावसायिकरुपमा च्याउ एवम् तरकारी खेती गरेका छन् । तस्बिर ; हरिराम भेटुवाल/राससअन्ठाउनौँ अन्तर्राष्ट्रिय जातिय भेदभाव उन्मूलन दिवसको अवसरमा मङ्गलबार बाँकेको कोहलपुरमा निकालिएको प्रभातफेरी । तस्बिर : भेषराज बस्नेत/रासस
अन्ठाउनौँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा मङ्गलबार यहाँ आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त/राससम्याग्दीको बेनी नगरपालिका – १ रत्नेचौरबाट देखिएको धौलागिरी हिमाल र गहुँ खेतीको मनोरम दृश्य । तस्बिर : कमल खत्री / रासससंयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक(कार) मा तैनाथ हुन खटिएको नेपाली शान्ति सेनाको टोली त्यसतर्फ प्रस्थान गर्ने क्रममा । तस्बिर सौजन्य : नेपाली सेना / रासससंखुवासभाको खाँडबारी नपा र भोजपुर जिल्लाको षडानन्द नपाको सिमाना भएर बग्ने अरूण नदीमा गाडी फेरीमार्फत नदी पार गर्दै । तस्बिर : रत्न श्रेष्ठ / रासस‘गल्छी–रसुवागढी’ सडक योजनाको कार्यालयमार्फत् बिस्तार भइरहेको अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत नुवाकोटको बेलकोटगढी–७ कल्चौडी भीरमा पहाड काटेर निर्माण गरिएको सडक । तस्बिर : रामहरि न्यौपाने/रासससिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको पतेरीखोला ढाँडखर्क सिँचाइ कुलो निर्माणको लागि गिटी कुटेर श्रमदान गर्दै महिलाहरु । तस्बिर : रुपक पुरी /राससमुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित चर्चित एवम् महत्त्वपूर्ण धार्मिक स्थल कागबेनीधाम । तस्बिरः सुशीलबाबू थकाली / राससबर्दिबास महोत्सवको चौँथो संस्करणको अवसरमा शुक्रबार प्रदर्शन गरिएको झाकीमा नौमती बाजा सहित सांस्कृतिक प्रस्तुति दिँदै महिलाहरु। तस्बिरः अजयकुमार साह / राससधनकुटा नगरपालिका–९ स्थित छिम्सुवा बेँसीमा किसानले व्यावसायिक रुपमा गरेको आँपखेती बगैँचामा ढकमक्क फुलेको आँप । जङ्गली बँदेल र बाँदरले अन्नबाली खाएर हैरान बनाउन थालेपछि यहाँका ३५ घर परिवारले विसं २०५३ देखि आँप रोप्न सुरु गरेको उहाँहरु बताउनुहुन्छ । तस्बिरः नारायणकुमार राई/राससनुवाकोटको सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा सञ्चालित ह्वासिङ सिमेन्ट उद्योगको ढुङ्गाखानी । यहाँको ढुङ्गा लगेर धादिङको बेनिघाट–रोराङ गाउँपालिकास्थित ताल्तीमा रहेको उद्योगबाट ह्वासिङ सिमेन्ट नारायणी प्रालिले सिमेन्ट उत्पादन गर्दै आएपनि प्रभावित क्षेत्रमा भने सहयोगको कार्यक्रम केही नभएको स्थानीयको गुनासो छ । तस्बिर : रामहरि न्यौपाने/राससकृष्णपुर नगरपालिकाको मछेली नदी छेउबाट देखिएको सूर्योदय । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/राससपर्वतको फलेवास जङ्गलमा सिमलको रुखमा बसिरहेको काकाकुल चरा । गाउँघरतिर यसलाई सर्प खाने चरा पनि भन्ने गर्छन् । तस्बिर : सुमनजङ्ग थापा/राससकञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको घाँसे मैदानमा नाच्दै गरेको मयूर । शुक्लाफाँटामा ४५९ प्रजातीका चराचुरुगीको बासस्थान हो । तस्बिरः शेरबहादुर सिंह/रासस महेन्द्रनगरहुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिकादेखि बाह्दशी जोडिने कन्काई नदीमा पुल निर्माणमा ढिलाई हुँदा अस्थायी रुपमा निर्माण गरिएको बाँसको पुलबाट आउजाउ सर्वसाधारण । तस्बिरः यज्ञराज आङ्गदेम्बे/रासस