रिबन

वामदेव गौतमको ‘कित्ता नम्बर ३’

काठमाडौं । पार्टी विभाजनपछि कतै पनि नखुलेका नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफ्नो कित्ता क्लियर रहेको बताएका छन् ।


पार्टी विभाजन भइनसकेको र आफू अझै पनि एकता जोगाउने पक्षमा रहेको बताउँदै पार्टी विभाजन गर्नेहरुको कित्ता पहिलो र दोस्रो तथा आफू पार्टी एकताको पक्षा रहेको कारण तेस्रो कित्ता रहेको भन्दै आफ्नो कित्ता क्लियर गरेका हुन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकपछि उपाध्यक्ष गौतमले विभाजित पहिलो र दोस्रो कित्ता, अनि आफू एकताको पक्षमा ३ नम्बर कित्तामा रहेको प्रष्ट पारे । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसलाअघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाइ थियो । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।

उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफूसँग रहेको दाबीसमेत गर्न चुकेनन् ।

शुक्रबार नै उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरेका थिए । प्रचण्डले आफ्नो समूहमा आग्रह गरे पनि वामदेवले अस्वीकार गरे । वामदेव प्रधानमन्त्री केपी ओलीले केही काम र निर्णय गर्न नसक्ने भन्दै बालुवाटार पनि नजाने बताएका छन् । यसको अर्थ उनी पूर्वमाले जन्माउने तयारीमा हो कि भन्ने पनि देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *