मनोरञ्जन

फिल्म हल खोल्ने चलचित्र संघको घोषणा

काठमाडौं । नेपाल चलचित्र संघले कोरोना महामारीका कारण बन्द रहेका फिल्म हलहरु पुस १० गतेदेखि सञ्चालन गर्ने स्वघोषणा गरेका छन् । उनीहरुले सरकारले फिल्म हलबारे नसोचेको भन्दै खोल्ने घोषणा गरेका हुन् ।

संघले एक विज्ञप्ति जारी गर्दै विभिन्न ९ वटा मागहरु पनि सरकारसँग राखेको छ । होटल, रेष्टुरेन्टलगायतका अन्य सबै पेशा व्यवसाय सुरु भएपनि फिल्म हलका विषयमा सरकार मौन रहेकाले अब कुनै हालतमा हल खोल्ने संघले जनाएको छ ।

नौ महिनासम्म पनि सरकारले आफूहरुको बारेमा नसोचेको भन्दै हल सञ्चालकहरुले भाटभटेनी खुल्दा हल पनि खोल्न हुने भएकाले अब जेल जान परे बरु जेलनै जाने तर हल खोल्ने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *