मनोरञ्जन

‘तिम्रै माया लाग्छ’मा रोमाण्टिक मुडमा देखिए बिनय र गरिमा ( भिडियो )

काठमाण्डौं। बिनय गदालको डेब्यु म्युजिक भिडियो ‘तिम्रै माया लाग्छ’ सार्वजनिक भएको छ।

परदेशीको पिडा समेटिएको यस गीतमा स्वर उद्दव बिश्वकर्मा र बबिना किरातीको रहेको छ । गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको नै रहेको छ। यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा बिनय गदाल र गरिमा शर्माको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा राम चन्द्र अधिकारी र हरि शरण रसाइलीको समेत अभिनय रहेको छ। भिडियोमा अजय रेग्मीको छायांकन , पदम सुवेदीको सम्पादन रहेको छ । शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

कलाकारिताका माध्यमबाट आफुलाई चिनाउने कोसिस स्वरूप अघि बढिरहेका कलाकार गदालले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह पनि गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *