मनोरञ्जन

समीरको ‘हतारमा’ आर्यन र बर्षा (भिडियो)

काठमाडौं । पछिल्लो समयका चर्चित गायक समीर आचार्यको ‘हतारमा’बोलको गीत सार्वजनिक गरिएको छ ।

गीतमा गायक समीरसँगै गायिका अप्सरा घिमिरेले स्वर दिएकी छिन् । शब्द तथा संगीतसमेत गायक समीरकै रहेको यस गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल तथा अभिनेत्री बर्षा राउतलाई एकसाथ देख्न सकिन्छ ।

गीतको भिडियो सान थापाले निर्देशन गरेका हुन् भने गीतमा नृत्य निर्देशन राजीव समरको रहेको छ । गीतको भिडियो अर्जुन तिवारीले खिचेका छन् । भिडियोमा बाबा एजुकेशन र आरकेएस अष्ट्रेलीयाको लगानी रहेको छ ।

गीतको भिडियोमा सबैले एकदमै मिहेनत गरेको भन्दै गीतलाई आम दर्शकले रुचाउनेमा ढुक्क रहेको गायक समीर बताउँछन् । उनका दुइवटा एल्वम र झण्डै २ दर्जन गीत बजारमा आईसकेका छन् ।

‘दुनीया बेग्लै छ’, ‘तम्लाई चट्ट सलाम छ’, ‘घिनघिन बज्यो मादलु’, ‘पीच रोड’, ‘घाममा सुकाइदेउ’, ‘लव लेटर’, ‘ठुम्का’ लगायतका गीतहरु गायक आचार्यका अत्याधिक रुचाइएका गीतहरु हुन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *