मनोरञ्जन

विवाहपछि श्वेताले लेखिन ‘मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ’

काठमाडौं। अभिनेत्री श्वेता खड्का सोमबार विवाह गरिन । विवाह बन्धनमा बाँधिएपछि उनले सामाजिक सञ्जालमा भावुक हुँदै स्टाटस लेखेकी छन् ।

धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले हिजो लगनगाँठोमा कसेकी हुन् । उनीहरुको विवाहको कार्यक्रम काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा आयोजना गरिएको थियो ।

कोरोनाको कहरका कारण उनीहरुको विवाहमा सीमित व्यक्तिको मात्र उपस्थिति रहेको थियो ।

अभिनेत्री श्वेता खड्काले यस्तो लेखिन

अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ ।

मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा सम्पुर्ण इष्टमित्र , आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ ।

मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ ।

मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु ।म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु ।

आगामी दिनमा एकल महिलाको शसक्तिकरणमा केहि गर्न पाए हुन्थ्यो भन्ने सोच छ । त्यस्लाई साकार बनाउनको लागी म प्र यासरत रहनेछु । अत : मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझावका साथै शुभ-आशिर्वादको आवस्यक्ता छ ।

हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु । तपाईकी उहि छोरी /चेली श्वेता खड्का

https://www.facebook.com/shwetakhadkaofficialnp/posts/3037693336330790

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *