काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह गरेकी छन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग श्वेताको सोमबार बिहे सम्पन्न भएको हो ।
बेहुला र बेहुली पक्षका आफन्तको सहभागितामा मूलपानीस्थित गोकर्ण रिसोर्टमा श्वेता र विजयेन्द्रबीच वैवाहिक कार्यक्रम सम्पन्न भएको हो । श्वेताको यो दोस्रो बिहे हो । ६ वर्षअघि उनको अभिनेता श्रीकृष्ण श्रेष्ठसँग बिहे भएको थियो । बिहे गरेको एक महिनामै उनको क्यान्सर रोगका कारण निधन भएको थियो ।




