काठमाडौं । श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर बसेका हास्यकलाकार मनोज गजुरेल दोस्रो बिहेको तयारीमा लागेका छन् । आफूले दोस्रो बिहेको तयारी गरिरहेको उनले नै सार्वजनिक गरेका छन् ।
एपीवान टेलिभिजनको सोमबार राति प्रसारण हुने तमसोमा ज्योतिर्गमय नामक कार्यक्रममा मनोजले सो खुलासा गरेका हुन् । तर, उनले कोसँग बिहे गर्दैछु भन्ने कुरा खुलाएनन् ।
‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाहअनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिंदै छौं। अहिलेलाई यति मात्र भनौं,’ उनले भनेका छन् ।
कलाकार गजुरेल र मीना ढकालले तीन वर्षअघि सहमतिमै सम्बन्ध विच्छेद गरेका थिए । उनी हालै मात्र कोरोना भाइरसबाट मुक्त भएका थिए ।




