मनोरञ्जन

यी युवक जो आज श्वेता खड्कासँग बिहे गर्दैछन्

काठमाडौं । अभिनेत्री श्वेता खड्का र धनगढीका विजयेन्द्र राउतबीच आज बिहे हुँदैछ । मूलपानीस्थित गोकर्ण रिसार्टमा भव्य रूपमा वैवाहिक कार्यक्रम आयोजना हुँदैछ ।

बिहेको अघिल्लो दिन श्वेताले मार्मिक स्टाटस फेसबुकमा पोस्ट गरेकी थिइन् । आफूले बिहे गर्न लागेकोमा केही मानिसलाई चित्त दुःखेको भन्दै उनले आफ्ना मनका बह पोखेकी थिइन् ।

पहिलो श्रीमान् श्रीकृष्ण श्रेष्ठको निधन भएको ६ वर्षपछि श्वेताले दोस्रो बिहे गर्न लागेकी हुन् । विजयेन्द्र र श्वेताबीच तीन चार वर्षको उमेर अन्तर रहेको बताइएको छ । विजयेन्द्र श्वेताभन्दा कान्छा हुन् । श्वेता र विजयेन्द्रबीच बिहेको अघिल्लो दिन गोकर्ण रिसोर्टमा दुवै पक्षका आफन्तबीच पारिवारिक जमघट र पार्टी सेलेब्रेसन भएको थियो । श्वेताको त्यही मेहेन्दी कार्यक्रम गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *