काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ।
भारतका लागि नेपाली राजदूत शंकर शर्मालेका अनुसार भारतीय मन्त्रिपरिषदको बैठकले प्रस्ताव स्वीकृत गरेको हो ।
राजदुत शर्माले ‘भारतीय मन्त्रिपरिषद्ले गरेको निर्णयको नेपालले निर्यात गर्ने विजुलकाबारेमा थप गृहकार्य सुरु हुने बताए । भारतीय मन्त्रीपरिषदको निर्णयपछि अब नेपालमा थप विद्युत उत्पादन गर्ने विषयमा बहस हुने जनाइएको छ । नेपालले समयानुकुल विद्युत आयात र निर्यात गर्ने गरेको छ । वर्षायाममा नेपालमा पानीको स्रोत अधिक भएका कारण भारतमा विद्युत निर्यात गर्ने र हिउँदको् समयमा पानीको घनत्व कम हुँदा कम विद्युत उत्पादन हुने भएकाले भारतबाट विद्युत आयात गर्ने गरेको छ ।
प्रधानमन्त्री प्रचण्ड गत जेठमा भारत भ्रमणका क्रममा भारत पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक भेटवार्तामा भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने लक्ष्य लिएको थियो । दुबै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको थियो भने गोरखपुर(भैरहवा ४०० केभी प्रसारण लाइनको सुरुवात गरिएको थियो ।




