जलश्रोत/उर्जा

विद्युत् सेवा आएपछि भीमदत्तको दुर्गम वस्तिका बासिन्दा खुसी

कञ्चनपुर । कञ्चनपुरको उत्तरी चुरे भीमदत्त नगरपालिका– ९ खल्लामसेट्टी चुरे बस्तीमा दुई दशकपछि विद्युतीय भएको छ ।

गाउँमा विद्युतीय भएसँगै स्थानीयले उज्यालो पाएका छन् । यसअघि टुकी, सौर्य बत्तीको मात्र प्रयोग गर्दै आएका स्थानीयले लामो समयपछि उज्यालो पाएका हुन् । विद्युतीय नहुँदा सोलारको भरमा रात काटिरहेका स्थानीयले ठुलो राहत मिलेको बताएका छन् ।

भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले उत्तरी चुरेको दुर्गम बस्ती खल्लामसेट्टीको समृद्धिका लागि विकासका पूर्वाधार पुरÞल्याउने प्रतिबद्धता अनुरूप सङ्घसँग समन्वय गरेर दुर्गम बस्तीलाई सुगममा परिणत गरेको बताए ।

सडकदेखि विद्युतीय गरेर अँध्यारो, सङ्कटग्रस्त खल्लामसेट्टी बस्ती विद्युतीकरणले झिलमिल भएको हो ।

नेपाल विद्युत् प्राधिकरण र भीमदत्त नगरको साझेदारीमा गाउँमा विद्युत् सेवा सुचारु गरिएको छ ।

विद्युतीय नहुँदा दैनिक घरायसी कामकाज एव कुटानी पिसानी, खानेपानी, सिँचाइ लगायतका समस्या हुने गरेको स्थानीयले बताएका छन् ।

पहिलो पटक विद्युत् सेवा सुचारु भएपछि स्थानीय हर्षित भएका प्रकाशबहादुर पालले बताउनु भएको छ ।

वडाध्यक्ष राम नाथले दुर्गम क्षेत्रलाई सुगम बनाउन वडा कार्यालयले थप विकासका योजना ल्याउने र विद्युत् सुचारु भएपछि विद्युत् सेवा नहुँदा सञ्चालनमा आउन नसकेका टेलिफोन टावरसमेत सुचारु भई यस दुर्गम वस्तिका बासिन्दाहरू छिट्टै सञ्चारसँग समेत जोडिने बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *