काठमाडौ । नेपालमा कोरोनाविरुद्धको दुबै मात्रा खोप लगाउने संख्या ४६ लाख ६७ हजार ३ सय २८ पुगेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले ट्विटरमा खोपबारेको जानकारी सार्वजनिक गर्दै दोस्रो डोज लगाउनेको संख्या कूल जनसंख्याको १५ दशमलव ४ प्रतिशत पुगेको जानकारी दिएका हुन् । उनका अनुसार बुधबारसम्म १७.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार ५४ लाख २४ हजार ८ सय ३६ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन् । पछिल्लो २४ घण्टामा २ लाख ९३ हजार १ सय ५१ डोज खोप लगाएका छन भने खोप लगाउनको संख्या नेपालमा १ करोडभन्दा माथि पुगेको छ ।
आगामी असोजसम्म एक तिहाई जनसंख्या र चैतभित्र खोप लगाउन मिल्ने सबै नेपालीलाई खोप लगाउने लक्ष्य राखेको सरकारले चैतसम्म ७१.६ प्रतिशत अर्थात २ करोड ७५ लाख ६ हजार ७ सय ६३ लाई कोरोनाविरुद्धको खोप लगाउने जनाइएको छ ।
— PMO Nepal (@PM_nepal_) September 1, 2021




