मुख्य समाचार

कोरोनाको खोप क्लिनीकल ट्रायल गर्न अनुमति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले अमेरिकामा बनेको अर्को कोरोनाविरुद्धको खोपलाई नेपालमा क्लिनीकल प्रयोगका लागि अनूमति दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अमेरिकी कम्पनी सानोफी पाश्चरको प्रायोजनमा इन्टरनेशनल भ्याक्सिन इन्स्टिच्यूट कोरियासँग मिलेर नेपालमा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *