शिक्षा / स्वास्थ्य

कास्कीमा निजी सवारीमा फेरि जोरविजोर

पोखरा । कोरोना संक्रमण बढ्दै गएपछि कास्कीमा निजी तथा सार्वजानिक सवारी साधनमा फेरि बिहीबारदेखि जोरविजोर प्रणाली लागु गरिएको छ ।

बुधबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले भाद्र ३ गतेदेखि १० गते सम्मका लागि निषेधाज्ञामा थप कडाई गर्ने निर्णय गरेको हो । यसअघि वैशाख १५ गतेदेखि लागू गरिएको जोरबिजोर प्रणाली असार १४ गतेदेखी हटाइएको थियो ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय संघसंस्थालाई समेत सीमित कर्मचारी वा सकेसम्म घरबाटै काम गर्न प्रोत्साहन गर्ने, विद्यार्थीको परीक्षाको हकमा भने पूर्व निर्धारित विश्वविद्यालय,आयोगका परीक्षाबाहेक अन्य सञ्चालन गर्न पाइने छैन ।

गण्डकी प्रदेशको पछिल्लो तथ्याङ्क अनुसार बुधवार सम्म ५ हजार बढी कोरोना संक्रमित रहेकामध्ये कास्की जिल्लामा मात्रै २ हजार बढी प्रभावित भएका छन् । कोरोनाको संक्रमणबाट कास्की जिल्लामा हालसम्म ५ सय २० जनाको निधन भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *