काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको संक्रमणदर उच्च बन्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले सचेत रहन सबैलाई अनुरोध गरेको छ ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै अस्पतालहरुमा भेन्टीलेर आइसियू र आकस्मिक सेवाका बेडहरुको चाप बढ्दै गएको समेत बताएको छ ।
कोरोना संक्रमण दर घटाउनमा सवै पक्ष र समुदायको उतिकै जिम्मेवारी भुमिका रहने भएकोले जनस्वास्थ्यका माण्दण्ड सबैले पालना गर्न आग्रह गरिएको छ ।
तर निषेधाज्ञा जारी रहेको तथा संक्रमणको जोखिम उच्च रहेको बर्तमान अवस्थामा विभिन्न समूहबाट भीडभाडजन्य क्रियाकलाप भएको भन्दै त्यसो नगर्न प्रशासनले अनुरोध समेत गरेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगरेको अवस्थामा तेस्रो लहर समेत आउने सम्भावना त्यतिकै भएकोले सवैलाई सचेत रहन प्रशासनले अनुरोध गरेको छ ।




