काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको कोभिड आइसियूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ। मंगलबार बिहान एकजना ६१ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले आक्रोशित हुँदै डाक्टरमाथि कुटपिट गरेका हुन् ।
अस्पतालले बिरामीको कोरोना संक्रमणले मृत्यु भएको बताए पनि आफन्तले त्यो कुरा अस्वीकार गरेको र ड्युटीमा खटिएको चिकित्सकमाथि कुटपिट गरेका हुन् ।
‘हामीले इन्फ्लुएन्जा ‘एचवानएनवानु परीक्षण गर्नलाई टेकु पठाएका थियौं। परीक्षण गर्दा नेगेटिभ देखियो तर कोरोना पोजेटिभ देखियो भनेपछि हामीले बिरामीलाई कोभिड वार्डमा सार्यौं’, उनले भने, ‘तर आज मृत्यु भएपछि उहाँका आफन्तले कोरोनाले मृत्यु भएको हैन भन्दै डाक्टरलाई नै लात हाने ।
गुल्मी घर भएका उनलाई ३ दिनअघि बुटवलबाट थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। तर उपचारकै क्रममा उनको मंगलबार बिहान मृत्यु भयो। अहिले मृतकको शव अस्पतालमै राखिएको छ।
घटनापछि भने महाराजगञ्ज प्रहरी कार्यालयले चिकित्सकमाथि कुटपिट गर्नेलाई नियन्त्रणमा लिएको छ।




