देश

परराष्ट्रमन्त्रीमन्त्री उच्चस्तरीय सत्रलाई सम्बोधन गर्न जेनेभा जाने

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै गदैछिन् ।

उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने कार्यक्रम रहेको छ । मन्त्री डा.राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनी विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसङ्घीय निकाय र अन्तरराष्ट्रिय सङ्गठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्ने जनाइएको छ ।

परराष्ट्र डा राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउनु हुनेछ ।

उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *