देश

रास्वपा नेताहरूविरुद्धको मुद्दा न्यायाधीश शर्मा र निरौलाको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा परेको छ ।

अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गराएको अवहेलना निवेदन एकै पटक संयुक्त इजलासमा तोकिएको हो । अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध सिर्जना गर्न खोजिएको भन्दै उक्त कार्य अदालतको अवहेलना हुने अधिवक्ता भट्टराईको निवेदनमा उल्लेख छ ।

सुरुमा सर्वोच्च प्रशासनले उक्त रिट दरपिठ गरिदिएको थियो । पछि इजलासमा निवेदन पुगेपछि न्यायाधीश विनोद शर्माको इजलासले दरपिठ खारेज गर्दै दर्ताको आदेश जारी गरेको थियो । गएको कात्तिक २ गते पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनामा अनुसन्धान प्रक्रिया भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *