देश

प्रहरीले सहकारी ठगी प्रकरणमा आज रवि लामिछानेलाई अदालतमा उपस्थित गराउने

काठमाडौं । सहकरी गठी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि अदालतलृ दिएको म्याद आज सकिएको छ । अदालतले उक्त प्रकरणमा लामिछानेमाथि थप अनुसन्धान गर्न प्रहरीलाई कार्तिक १५ गते १० दिनको म्याद दिएको थियो । कार्तिक १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । उक्त म्याद आज सकिएको छ ।

प्रहरीलाई थप अनुसन्धानका लागि अदालतले दिएको म्याद सकिएपछि आज पुनः अदालतमा उपस्थित गराउने भएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा प्रहरीले अगाडी बढाएको छ ।

आफ्ना सभापतिको बचाउमा लागेर सरकारविरुद्ध विभिन अनैतिक क्रियाकलाप र पदर्शनमा सडकमा जम्मा गर्दै आएको रास्वपाले आज पनि पोखरामा लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा गर्ने भएको छ । अदालतको अनुसन्धानलाई प्रभावित पार्न रास्वपाले सडकमा भिड जम्मा गरेर प्रदर्शन गर्न लागेको हो । रास्वपाले १० बजे जिरोमा समर्थकहरूलाई बोलाएको छ । आज पोखराको वाइचोकमा पुगेर सभा आयोजना गर्ने रास्वपाको तयारी छ ।

रास्वपाले यसअघिदेखि नै वाइचोकमा पटकपटक प्रहरीलाई सास्ती दिँदै आएको छ । सुरक्षाका खटिएको प्रहरीलाई ढुङ्गामुडा र ठेलाठल गर्ने रास्वपाको प्रवृतिले सुरक्षामा खटिएका प्रहरीहरु असन्तुष्ट बनेका छन् ।सरकार र अदालतले यस्ता कार्यहरु नगर्न रास्वपालाई आग्रह गर्दा समेत रास्वपाले सरकारको निर्देशनलाई पालन गर्न सकेको छैन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *