देश

कर्णाली प्रदेश सभाको अधिवेशन आज शुरु हुँदै

काठमाडौं । कर्णाली प्रदेश सभा बैठक बुधबार शुरु हुँदैछ।

कर्णाली प्रदेश प्रमुख प्रमुख तिलक परियारले प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै बुधबार दिउँसो ३ बजे बस्ने पहिलो बैठक लागेको हो।

बैठकबारे सभाका सम्पूर्ण सदस्यलाई जानकारी गराइसकेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए।

उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम (३) को उपनियम (३) बमोजिम सदस्यहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *