देश

धादिङ बस दुर्घटनामा घाइने भएका सातमध्ये २ मृतकको मात्रै सनाखत, अन्यको खोजी कार्य जारी

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा बुुधबार बिहान भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान करिब ४ बजे त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो।

दुर्घटना परी मृत्यु भएका सातजनामध्ये अहिले २ जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रशरी प्रवक्ता डीएसपी सन्तुलाल जैसवालले जानकारी दिए। डीएसपी जैसवालका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका २ की ३२ वर्षीया रुबी श्रेष्ठ र काठमाडौँको चन्द्रागिरि नगरपालिका १० का ५५ वर्षीय देखा कटुवार रहेका छन् । उनका अनुसार अझै मृतक ५ जनाको सनाखत हुन सकेको छैन।

त्रिशूली नदीमा केही मानिस बेपत्ता भएको आशंकामा खोजी रहेको उनको भनाइ छ । दुर्घटनामा परी घाइते भएका ३९ जना यात्रुहरुको अहिले विभिन्न अस्पतालमा उपचार जारी छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका ९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *