चितवन। नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्रविरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन्।
आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे।
तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ। उनले सहरमा जम्मा भई होहल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे।




