काठमाडौं । रौतहटमा एक मन्दिरका पुजारी (साधु)माथि सांघातिक आक्रमण भएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
स्थानीय व्यक्तीका अनुसार बिहिवार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेका थिए । अहिले उनको पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ । साधु साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्याएको बताए । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ ।
रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले साधुमाथि आक्रमणबारे भर्खर जानकारी पाएको र अनुसन्धानका लागि प्रहरीलाई तत्काल त्यहाँ पठाइएको बताए । उक्त घटनाबारे थप जानकारी आउन बाँकी छ ।




