मुख्य समाचार

चीनले नेपालीे भू–भाग भारतमा विलय गराएर नक्साजारी गरेकोप्रति पूर्वसुरक्षाकर्मीहरुको आपत्ति

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी गरेको नक्सामा नेपालको भू–भागलाई भारततर्फ देखाएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनगर्दै परिषद्लेचीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्साजारी गर्दा नेपालको भू–भागभारतको नक्सामादेखाउनुले गम्भीर आशंका र दरार उत्पन्न गराएको बताएको हो ।

चीनले भू–राजनीतिकनक्सा सार्वजनिक गर्ने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू–भागभारततर्फ देखाउनु दुई देशबीचको मिलेमत्तोको आशंका उब्जिएको पूर्व सुरक्षाकर्मी परिषद्को ठहर छ । चीनद्वारा प्रकाशित त्रुटीपूर्ण नक्साले सम्पूर्ण नेपालीहरुको स्वाभिमान र आत्मसम्मानलाई ठेस पुर्याएको परिषद्को बुझाइ छ । चीनसँग नेपालको सदियौदेखि छुट्टै र विशेषघनिष्ट सम्बन्ध रहँदैआएको बताउँदै परिषद्ले चीनले जारी गरेको उक्त नक्सा सच्याउन आह्वान गरेको छ ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका अध्यक्ष कोमलबहादुर राउतले चीन र भारत दुई ठूला देशहरुले नेपाललाई सानो भनेर हेप्ने गरेको बताए । देशमा संकट आएको बेलापूर्व सुरक्षाकर्मी परिषद्ले निरन्तर आवाज उठाउँदै आएको उनले स्मरण गराए । उनले नेपाल र चीनबीचको सम्बन्धएकदमै प्रगाढ रहेको बताउँदै उक्त नक्सा तत्काल सच्याउन पहल गरिनु पर्ने बताए ।

‘पूर्वसुरक्षाकर्मी परिषद् नेपाल राष्ट्र र राष्ट्रियताका निमित्त खबरदारी गर्न कञ्जुस्याँई गर्दैन । छिमेकी राष्ट्रहरुको बीचमा हामी सानो छौं । तर, बलियो छौं । हामीलाई सानो भनेर हेप्ने कुरा भइरहेका छन्,’– उनले भने । पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय सदस्य एवं प्रवक्ता हेमशंकर गिरीले नेपालले मित्र राष्ट्र चीन माथि अत्यन्तै भरोसा गरेको बताए । नेपालमाथि अन्य राष्ट्रबाट आउन सक्ने खतराहरुमा सुरक्षामित्र राष्ट्र चीनले गर्छ भन्ने अपेक्षा रहेकोमा नेपालको भू–भाग नै अर्को देशको नक्सामा विलय गराउनु आपत्तिजनक रहेको बताए । हिजोका दिनमा नेपालको स्वाधीनता र सार्वभौम सत्ताको रक्षा र विकास निर्माणका पूर्वाधार निर्माणमा सहयोग गरेको चीनले नेपालको भू–भाग भारतमा विलय गरेर नक्सा जारी गर्नु दुःखद् भएको बताए ।

विदेशीलाई गाली गर्नु भन्दा पहिला २०७७ सालमा जारी चुच्चे नक्सा सबै छिमेकी देशको कूटनीतिक नियोगमा सरकारमार्फत पुग्यो वापुगेन भनेर बुझ्न आवश्यक रहेको उनको भनाई छ । कूटनीतिक नियोगमा उक्त चुच्चे नक्साबारे जानकारी नपुगेको भएमा स्वयम् राजनीतिकदल र नेताहरुले जिम्मेवारी लिनुपर्ने उनले बताए । ‘विदेशीलाई गाली गर्नु भन्दा पहिला कमजोर कूटनीतिक र राजनीतिकदलहरुलाई गाली गर्नुपर्ने अवस्था छ । २०७७ सालमा चुच्चे नक्सा जारी भएपछि आफ्नो भू–राजनीतिक नक्सा जारी गरेको पत्र सम्बन्धित सबै कूटनीतिक निकायलाई जानकारी गराएको छ कि छैन ?’ प्रश्न गर्दै उनले भने, ‘त्यो पत्रआधिकारिक रुपमाचीनको राजदूतावास वा कूटनीतिक नियोगमा पुग्यो कि पुगेन ? होईन भने यिनै पार्टी र नेता निकम्म भएको ठहर हामी नेपाली जनताले गर्न आवश्यक छ ।’


पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष खगेन्द्र बस्नेतले गौतम बुद्धको शान्तिको देशमा आफूहरुले शान्तिपूर्वक बस्न चाहेको बताए । सरकार र राजनीतिक दलहरुले राष्ट्र र जनताको हितमा काम गर्न नसकेको उनको भनाई छ । उनले छिमेकी राष्ट्रहरुलाई छिमेकीको स्थानमा बस्न र सानो भनेर नहेप्न चेतावनी दिए ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपाल केन्द्रीय सदस्यएवं चन्द्रागिरी नगर समितिक अध्यक्ष विक्रमबहादुर पाण्डेले चीनले नेपालको भू–भाग भारतको नक्सामा विलय गराएर सर्वाभौम सत्ता माथि प्रहार गरेको आरोप लगाए । आफूहरुले बारम्बार राष्ट्र र राष्ट्रियताको लागि खबरदारी गरिरहेको बताउँदै उनले राष्ट्र र राष्ट्रियताको लागि गठबन्धन सरकारलाई धेरै झक्झक्याउँदा केही सुन्न नचाहेको गुनासो गरे ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपाल सह–सचिवमोहनसिंह खड्काले चीनले नेपालको भू–भाग भारतमाविलय गराएर नक्साजारी गर्दा तीन करोड नेपालीको मन रोएको टिप्पणी गरे । चीनले गल्ती गरेको छ भन्ने कुरा कटनीतिक तरिकाबाट सरकारले महसुुस गराउन आवश्यक रहेको उनले बताए । नेपाली सेनाकापूर्व सहायक रथी डा.प्रेमसिंह बस्नेतले चीनले भारतलाई खुसी बनाउनका लागि नेपाली भू–भाग भारतीय नक्सामा विलय गराएको आरोप लगाए । आज भन्दा पहिलाचीनले नेपाललाई कहिल्यै पनि नराम्रो दृष्टिले नहेरेको भन्दै उनले उक्तनक्सा सच्याउन आग्रह गरे । आफूले काठमाडौं महानगर प्रमुखबालेन्द्र शाहबाट उक्त कुरा थाहापाएको बताउँदै उनले बालेन्द्रको प्रशंसा गरे ।

‘मैले कुरा थाहा पाएँ बालेनजी बाट । काठमाडौंका मेयर बालेन माई स्यालुट टू यु बालेन । तपाईँले धेरै असलकाम गर्नु भएको छ,’– उनले भने । बालेनले देशको सार्वभौमता माथि प्रहार गर्ने चीन राष्ट्रको भ्रमण नै रद्द गराएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यो विवाद नसल्ट्याई चीन भ्रमणमा जान नहुने उनको भनाई छ । नेपालीहरु कहिले पनि चीनको दास नभएको बताउँदै बरु दास्रो विश्वयुद्धमा नेपाली सेनाले चीनमा गएर तालिम दिएको स्मरण गराए । चीनले भारतको पक्षमा लागेर नक्साजारी गरेको उनको आरोप छ ।

‘नेपाली राजनीतिज्ञ अमेरिकी दलाल त भए, अब चीनको दलालभएको हेर्न बाँकी छ,’– उनले भने ।
सीमाविद् एवं पूर्वनापी महानिर्देशक बुद्धिनारायण श्रेष्ठले चीनले जारी गरेको नक्साका सन्दर्भमा नेपालले कूटनीतिक तहबाट सच्याउन लगाउन आवश्यक रहेको बताए । नेपाल सरकारले उक्त नक्सा सच्याउन लगाउने सार्थथ्यता नराखेमा सरकारको अकर्मण्यता पुष्टि हुने र नेपाली जनताले सधैं दुत्कारीरहने उनको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *