काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई वारेसको सुविधा दिन अस्वीकार गरेको छ ।अदालतको अवहेलना गरेको आरोप खेपिरहेका शाहले मुद्दाको तारिख खेप्नका लागि वारेसको सुविधाका लागि सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
बालेनको मागलाई सम्बोधन गर्न नसकिने भनि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले ‘आदेश गरेको हो ।
अदालतले बालेनलाई वारेसको सुविधा नदिएपछि अब तारेखका लागि अदालतमा धाउनुपर्ने भएको छ ।
भारतीय सिनेमा चलाउन दिन रोक लगाएकोवारे परेको एक मुद्दामा उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि मेयर शाहले अदालत समेत भारतको प्रभावमा परेर आदेश गरेको भनी सामाजिक सञ्जालमा टिप्पणी गरेपछि टिप्पणीमाथि प्रश्न उठाइ अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा शाहमाथि अदालतको अवहेलनाको आरोपमा उजुरी दिएकी थिइन् । सर्वोच्च अदालतले शाहलाई यसवारे जवाफ मागेकाे छ ।




