देश

स्थानीय तहबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र स्थानीय तहबाटै वितरण गर्ने तयारी गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ– ‘राष्ट्रिय परिचय पत्र दर्ता तथा वितरणलाई अभियानको रुपमा सञ्चालन गरी स्थानीय तहबाटै वितरणको व्यवस्था मिलाइनेछ, एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाइनेछ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *