राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष प्रहरी अनुसन्धान भइरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाई वैभवशाली जीवन व्यतित गर्ने प्रवृत्तिलाई जस्तोसुकै दवाव वा प्रभाव आएपनि छुट दिन नसकिने बताएका छन् ।

यस प्रकरणमा मुछिएका कुनै पनि दोषी नउम्कने, र निर्दोष नफस्नेगरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको उनले जानकारी दिए । एकीकृत समाजवादीका मोर्चा संगठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडासहित ३० भन्दा बढी नेताहरू संलग्न प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री श्रेष्ठलाई आज मन्त्रालयमा ज्ञापनपत्र बुझाएर अनुसन्धान निष्पक्ष ढङगले अगाडी बढाउन आग्रह गरेका छन् । नक्कली शरणार्थी प्रकरणका सबै अपराधीलाई गिरफ्तार गरी हदैसम्मको कानुनी कार्वाही गर्न माग गरेको सन्दर्भमा उनले उक्त धारण व्यक्त गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *