राजनीति

प्रचण्डविरुद्धको मुद्दावारे सर्वोच्च अदालतले निर्णय गर्ने होइन : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायका विषयमा अदालतबाट छिनोफानो गर्नु ठीक नहुने बताएका छन्।

सिंहदरबारमा बसेको सत्तारुढ गठबन्धद्वारा गठित कार्यदलको बैठकपछि बोल्दै उनले सो कुरा उल्लेख गरेका हुन् ।

ुनेपाली कांग्रेस द्वन्द्वका बेलामा भएका सबै घटनाहरु संक्रमणकालीन न्यायकै विधिबाट समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको लेखकले बताएका छन् । पीडितहरुले न्याय नपाएकाले केही गल्ति भएको हो उनले भने ।

उक्त विषयमा अदालतबाट फौजदारी न्यायको प्रक्रियाबाट टुंग्याउनु गलत हुने उनको भनाइ छ । यो विषयमा सर्वोच्च पनि बोलिसकेको छ। सत्यनिरुपण तथा मेलमिलाप आयोगबाटै द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्‍याउनुपर्छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *