काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले घटेर तीन लाख तीन हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला तीन लाख पाँच हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला चार हजार आठ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला चार हजार सात सय ९५ रुपैयाँमा कारोबार भएको थियो।




