देश

एमाले सचिवालय बैठकद्वारा निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरण कार्यदलको प्रतिवेदन पारित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरण कार्यदलले तयार पारेको प्रतिवेदन पारित गरेको छ ।

केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा सोमबार बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरूको सुझावसमेत समेटेर प्रतिवेदन पारित गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

नेता भट्टका अनुसार प्रतिवेदनमा पार्टी अध्यक्षले राजीनामा दिने वा विशेष महाधिवेशन गर्ने विषय समावेश गरिएको छैन ।

यसअघि निर्वाचन समीक्षाका लागि तीनवटा छुट्टाछुट्टै प्रतिवेदन तयार भएकामा ती सबैलाई समेटेर एकीकृत प्रतिवेदन बनाइएको बताइएको छ ।

सचिवालय बैठक सकिएलगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *