काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
श्रेष्ठ यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए ।
यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारद्वारा वैशाख १९ गते जारी अध्यादेशका कारण स्वतः पदमुक्त भएका थिए ।




