काठमाडौं । बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४०.४७ अंकले बढेर २६२३.२१ को बिन्दुमा बन्दा भएको हो । आज सबै उपसूचकमा हरियाली छाएको छ ।
मंगलबार ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३१७ स्टकको ४८ हजार ७८५ पटकको कारोबारमा ४ अर्ब २० करोड ४४ लाख ८ हजार रुपैयाँबराबरको ९१ लाख ४२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज ७.०९ प्रतिशत घटेको छ।
आज कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको साढे ३१ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । यता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको करिब २३ करोडको शेयर किनबेच भएको छ।
आज, जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
त्यस्तै, १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत बढेको छ।




