अर्थ

समस्याग्रस्त सहकारीमा रहेको बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता हुने

काठमाडौं । अर्थमन्त्री बर्षमान पुनले सहकारीमा पाँच लाखसम्मको बचत गरेका बचतकर्ताको रकम फिर्ता हुने बताएका छन् ।
मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै समस्याग्रस्त सहकारीमा रहेको बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गरिने बताएका हुन्। बजेटमा समस्याग्रस्त भएर सञ्चालक भागेका सहकारीहरुका बचतकर्तालाई सञ्चालकको बापतको सम्पती विक्री गरेर बचत फिर्ता गर्ने व्यवस्था गरिएको उनले बताए ।

यस्तै सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१\८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । सरकारले ५ लाख परिवारलाई लालपूर्जा दिने भएको छ।

यस्तै अर्थमन्त्री वर्षमान पुनले देशभरका भूमिहित परिवालाई जग्गाको लाजपुर्जा दिने जानकारी गराएका हुन्। साथै, आगामी वर्ष घरजग्गाको रोक्का र फुकुवा डिजिटल माध्यमबाट गर्ने भएको छ।जसका लागि ६ अर्ब ८२ करोड विनियोजन गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *