अर्थ

प्रहरीले बरामद गर्‍यो २५ सय किलो प्याज

बारा।प्रहरीले बाराको जितपुर-सिमरा उपमहानगरपालिका-१ स्थित पथलैया चोकबाट १ लाख २५ हजार रुपैयाँ बराबरको प्याज बरामद गरेको छ ।

गएराति प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले प्र.२-०४-००१ च ००८४ नं को पिकअप गाडीलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी लोड गरेको २५ सय किलो प्याज बरामद गरेको हो । बरामद प्याजको मूल्य १ लाख २५ हजार रुपैयाँ अनुमान गरिएको छ ।

प्याज ओसारपसारमा प्रयोग भएको पिकअप गाडीलाईसमेत प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अघि बढाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *