अर्थ

प्रधानमन्त्रीलाई एकीकृत समाजवादीले आर्थिक सङ्कटबारे ज्ञापन पत्र बुझाउँदै

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको आर्थिक सङ्कटबारे ज्ञापन पत्र बुझाउने भएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले आज बिहान ९ बजे मुलुकको पछिल्लो आर्थिक सङ्कटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउने कार्यतालिका सार्वजनिक भएको छ ।

पछिल्लो समय देशमा आर्थिक संकट देखा परेकाले यसलाई कसरी न्युनीकरण गर्न सकिन्छ भन्ने ध्यान सरकारमा नरहेकाले माधव कुमार नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेका हुन । विगतको तुलनामा नेपालको आर्थिक क्षेत्रमा केही सुधार आउन सकेको छैन । नेपाल अन्य शक्तीशाली मुलुकको भरमा पर्नु पर्ने बाध्यताका कारण आर्थिक संकट बढ्दै गएको छ । अर्थमन्त्रालयको तथ्याङक अनुसार कुल ग्रास्थ उत्पादन न्युन छ । बस्तुको आयात भन्दा निर्यात कम छ । कृषि क्षेत्रले नेपाली नागरिकलाई युग्ने योग्य उत्पादन दिन सकिरहेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *