काठमाडौं । फेरी पेट्रोलियम पदार्थको मुल्य बढ्ने देखिएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसनले इन्धनको नयाँ मूल्यसूची पठाएको छ।
आइओसीले नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा करिब तीन अर्ब ७ करोड पचास लाख रूपैयाँ घाटा हुने दाबी नेपाल आयल निगमले गरेको छ ।
नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलको खरिद मुल्य २०२ रुपैया ९३ रूपैयाँ र डिजेलको १६३ रूपैयाँ पर्ने आयाल निगमले जनाएको छ ।
खाना पकाउने एलपी ग्यासमा निगमलाई ७५१ दशमलव १४ रूपैयाँ घाटा हुने निगमले जनाएको छ। निगमको दाबीअनुसार ग्यासको खरिद मुल्य २५५१ दशमलव १५ रूपैयाँ छ ।




