समाचार

तरलताको समस्या समाधान गर्ने विषयमा छलफल

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ ।

अर्थमन्त्रालयमा आज भएको छलफल नियमित भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको आगामी मङ्सिरको पहिलो साता समीक्षा गर्ने तयारी गरेको छ ।

यसअघि अर्थमन्त्री शर्माले क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधान गर्ने विषयमा छलफल गरेका थिए । अर्थमन्त्रीका प्रेस सल्लाहकार गोविन्द रोकाले आजको छलफल नियमित भएको राससलाई प्रतिक्रिया दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *