काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सम्पूर्ण कारोबार प्रणाली भदौ ३१ गते शुक्रवारदेखि असोज ३ गते आइतवारसम्म नचल्ने भएको छ ।
नेप्सेले कारोबार सञ्चालन नहुने दिन पारेर डाटा सेन्टरको मर्मत तथा स्तरोन्नति गर्न लागेको जानकारी दिएको हो ।
आगामी आइतवार संविधान दिवसको सार्वजनिक बिदाका कारण कारोबार सञ्चालन नहुने भएकाले यस बीचमा कारोबार प्रणालीको मर्मत गर्ने तयारीमा नेप्से रहेको छ ।




