समाचार

एमसीसी सम्झौतालाई राजनीतिक स्वार्थको विषय नबनाउन उपाध्यक्ष सुमारको आग्रह

काठमाडौं । एमसीसी उपाध्यक्ष फतिमा सुमारले अमेरिकाले दिन लागेको आर्थिक सहयोगलाई राजनीतिकरण नगर्न सुझाव दिएकी छन् ।

४ दिने नेपाल भ्रमणमा आएकी उनले स्वदेश फर्कने क्रममा आज पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष सुमारले आर्थिक अनुदानलाई राजनीतिक मुद्दा बनाउन नहुने बताइन् । नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी सम्झौताको संसदबाट अनुमोदन हुनेमा आफस आशावादी रहेको समेत उनले बताएकी छन् ।

नेपाल भारत अन्रदेशिय विद्युत् प्रसारण लाइन र सडक निर्माणमा खर्च गरिने करिब ६० अर्ब रुपैयाँ बराबरको अनुदान सम्झौता कार्यान्वयमा फरक फरक मत देखिएका बेला उपाध्यक्ष सुमार नेपाल आएकी थिएन् ।

नेपाल भ्रमणमा आएकी उनले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरुसँग छलफल गरेकी थिइन् । एमसीसीका बारेमा नेपालले राखेका प्रश्नको जवाफ पठाएको समेत उनले बताइन् ।

सुमरले एमसीसी संसदबाट अनुमोदन हुने समयका बारेमा सिमा नतोकेको भन्दै नेपाली नेताहरुसँगको भेटवार्ताका क्रममा छिाटे पारित गर्न आग्रह गरेको समेत बताएकी छन् ।

एमसीसी सम्झौतामा कुनै सैन्य अंग नरहेको भन्दै उनले अमेरिकी सहायता कुनै सर्त लिएर नआउने पनि बताएकी छन् । एमसीसी पारित भएपनि नभएपनि नेपाल अमेरिका सम्बन्धमा कुनै समस्या नआउने समेत उनले बताएकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *