गोदावरी । कैलालीस्थित धनगढी उपमहानगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ०७६/७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट १४ करोड ५४ लाख ७३ हजार दुई सय ७१ रुपैँया आम्दानी गरेकामा गत आवमा २० करोड ६० हजार दुई सय ४६ रुपैँया आम्दानी भएको जनाइएको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले गत आवमा एकीकृत सम्पत्ति करबाट चार करोड आठ लाख २० हजार ६ सय ५९रुपैँया , घरबहाल करबाट तीन करोड १७ लाख १६ हजार पाँच सय रुपैँया , बहालबिरौटी करबाट नौ लाख ७६ हजार रुपैँया, सवारीसाधन करबाट चार लाख ९७ हजार सात सय पाँच रुपैँया र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट एक करोड ६८ लाख ८७ हजार तीन सय ३५ रुपैँया आम्दानी गरेको बताए ।
त्यसैगरी सरकारी सम्पत्तिको बहालबाट ८३ लाख १७ हजार नौ सय ४४ रुपैँया, अन्य सेवा शुल्क तथा बिक्रीबाट २३ लाख ८० हजार पाँच सय ९८ रुपैँया, शिक्षा क्षेत्रबाट आठ लाख ४६ हजार चार सय रुपैँया, पार्किङ शुल्कबाट २० लाख ५६ हजार नौ सय ६० रुपैँया यथार्थ आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत चन्दले जानकारी दिए ।
उपमहानगरपालिकाले नक्सापास दस्तुरबाट तीन करोड ४९ लाख ७७ हजार ६ सय ३४ रुपैँया, सिफारिस दस्तुरबाट एक करोड ५३ लाख ५७ हजार ६ सय ४६ रुपैँया, व्यक्तिगत घटना दर्ताबाट ६ लाख ४८ हजार सात सय २५ रुपैँया, नाता प्रमाणित दस्तुरबाट दुई लाख २८ हजार एक सय रुपैँया, अन्य दस्तुरबाट एक लाखरुपैँया , प्रशासनिक दण्ड जरिवाना र जफतबाट ६१ लाख पाँच हजार सात सय ८७ रुपैँया, अन्य राजस्वबाट रु तीन करोड ७६ लाख ४३ हजार दुई सय आठ र बेरुजु असुलबाट चार लाख ९९ हजार ४४ रुपैँया आम्दानी गरेको जनाइएको छ ।
गत आव ०७६/७७ मा उपमहानगपालिकाले आन्तरिक स्रोतबाट १४ करोड ५४ लाख ७३ हजार दुई सय ७१ रुपैँया आम्दानी गरेकामा आव ०७६/७७ को तुलनामा ०७७/७८ को यथार्थ आन्तरिक आम्दानीमा उल्लेख्य वृद्धि भएको जनाइएको छ ।




