समाचार

सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले बढ्यो, कारोबार ५ अर्ब ५४ करोड ६३ लाख बराबर

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) मा कोरोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से १६.३४ अंकले बढेर दुई हजार आठ सय ७१ दशमलब ०३ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज नेप्सेमा कारोबार रकम भने घटेको छ । आज नेप्सेमा ५ अर्ब ५४ करोड ६३ लाख बराबरको कारोबार भएको छ । हिजो सोमबार नेप्सेमा ९ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज ६ कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । त्यस्तै, सानिमा लार्ज क्याम्प फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । यस्तै सानिमा लार्ज क्यापिटल फण्डका लागानीकर्ताले सबै भन्दा धेरै तीन दशमलब ०८ प्रतिशतले बजारबाट गुमाए । मंगलबार नेपाल बंगलादेश बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । यस कम्पनीको आज ४५ करोड भन्दा बढीको कारोबार भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेनस कम्पनी, एनआईसी एशिया बैंक, निर्धान उत्थान बैंक लगायतका कम्पनी पनि धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *