समाचार

साताको कोरोबारको पहिलो दिन आइतबार नेप्सेमा उच्च अंकको बृद्धि, कारोबार रकम बढ्याे, सबै समूह हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज साताको कोरोबारको पहिलो दिन आइतबार उच्च अंकको बृद्धि भएको छ । आज नेप्से ७४.७१ अंकले बढेर दुई हजार आठ सय ९९ दशमलब ८२ विन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबार रकम पनि बढेको छ । आइतबार नेप्सेमा ८ अर्ब ६ करोड १३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका सबै समूहमा हरियाली छाएको छ ।

नेप्सेका अनुसार आज २४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्य बढ्ने कम्पनीहरुमा गोर्खाज फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स कम्पनी, साइन रेसुङ्गा बैंक, मल्टीपर्पोज फाइनान्स कम्पनी, समृद्धी फाइनान्स कम्पनी, महालक्ष्मी बैंक र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।

त्यस्तै, आज गुडवील फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, कर्णालि डुभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स, जानकी फाइनान्स कम्पनी, पोखरा फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्श, कामना सेवा विकास बैंक र सिन्धु विकास बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

त्यसैगरि, आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज करिब ४० करोडको कारोबार भएको छ । एक साता अघिबाट ओरोलो झरेको सेयर बजार अस्ति शुक्रबारदेखी उकालो लाग्न थालेको छ । केही दिनदेखी निरासा छाएको सेयर बजारमा लगानीकर्तामा केही राहात भएको छ । आज सेयरबजार उकालो लागेसगै बजार पुरानै लयमा फर्कर्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *