समाचार

सेयर बजार लयमा फर्कन सकेन, नेप्सेमा दोहोरो अकंको गिरावट, ६ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तेस्रो दिन आज मंगलबार उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४७.५० अंकले घटेर दुई हजार ८ सय २८ विन्दुमा थामिएको छ ।

नेप्सेका अनुसार आज नेप्सेमा ६ अर्ब ७२ करोड ६३ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये माइक्रोफाइनान्स बाहेक अन्य सबै समूह घटेका छन् ।

त्यस्तै, आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा ओरियण्टल होटल रहेको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ ।

त्यसैगरि, आज तीन कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । सर्वाधिक शेयरमूल्य घट्ने कम्पनीहरुमा प्रोग्रेसिभ फाइनान्स, हाइड्रोइलेक्टोसिटी एउड डेभलपमेन्ट कम्पनी र बेष्ट फाइनान्स कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी राद्यी विद्युत कम्पनी कारोबार भएको छ । यस कम्पनीको आज ४९ करोड भन्दा बढीको शेयर कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *