काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको अन्तिम कारोबारको दिन आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १६.९६ अंकले घटेर दुई हजार ८ सय ४३ विन्दुमा थामिएको छ ।
त्यस्तै, आजको कारोबार घटेको छ । आज नेप्सेमा ७ अर्ब ३३ करोड ६० लाख बराबरको कारोबार भएको छ । हिजो बुधबार पनि नेप्सेमा ८ अर्बको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा अप्पर तामाकोशी हाइड्रोपावर कम्पनी रहेको । जसको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
आज ङादी र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ३७ करोड भन्दा बढीको शेयर कारोबार भएको छ । गत साता नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै यो साताभर बजार घटेको हो ।




